Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जडीबुटीबाट १३ लाख राजश्व संकलन

जडीबुटीबाट १३ लाख राजश्व संकलन

  • 404
    SHARES
  • जडीबुटीबाट १३ लाख राजश्व संकलन

    काठमाडौं । बैतडी जिल्लामा एक वर्षमा जडीबुटी संकलनबाट करिब १३ लाख राजश्व संकलन भएको छ ।

    आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निर्यातबाट डिभिजन वन कार्यालयले करिब १३ लाख राजश्व रूपैयाँ संकलन गरेको हो ।

    गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निर्यातबाट १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत २ लाख ११ हजार ७९० गरि १२ लाख ७० हजार ९८६ रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले बताए ।

    गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै २ लाख २० हजार ६३० किलो खोटो  जिल्लाबाट निर्यात भएको वन कार्यालयले जनाएको छ ।

    जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरूसमेत निर्यात हुने गरेको छ । 

  • सम्बन्धित विषय:

  • # जडीबुटी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij