Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हेटौंडामा पाँच वटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १५ जना घाइते

हेटौंडामा पाँच वटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १५ जना घाइते

  • 453
    SHARES
  • हेटौंडामा पाँच वटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १५ जना घाइते

    काठमाडौं । मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । सोमबार बिहान करिब १० बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी एक आपसमा ठोक्किँदा स्कुल बसमा सवार विद्यार्थीसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    घाइतेहरुलाई उपचारको लागि हेटौंडा र चुरेहिल अस्पताल लगिएको र घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीकाे भनाइ छ ।

    प्रहरीका अनुसार पहिला ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई ना ५ ख ६२५४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । पुनःसोही ट्रकले लु १ क ७३७० नम्बरको ट्यांकरलाई समेत ठक्कर दिएको थियो । त्यसपछि उक्त ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

    त्यस्तै ट्रकले फेरि सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको मालबाहक लरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij