Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

फोहोर बोक्ने गाडीमा तोडफोड

फोहोर बोक्ने गाडीमा तोडफोड

  • 485
    SHARES
  • फोहोर बोक्ने गाडीमा तोडफोड

    फाइल तस्बिर

    काठमाडौं । फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा पुगेका सवारीसाधनमा सोमबार राति अज्ञात समूहले तोडफोड गरेको छ । फोहोर बोकेका १४ वटा टिपरमा तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको हो ।

    महानगरका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरेर राखिएका ती सवारीसाधनमा सोमबार राति करिब ९ बजे तोडफोड भएको प्रहरीले जनाएको छ ।

    सवारीसाधनमा ताेडफाेड भएपछि सवारी चालकहरूले मंगलबार बिहान विराेध प्रदर्शनसमेत गरेका छन् । सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।

    तोडफोड भएका ती सबै सवारीसाधन फोहोर व्यवस्थापन गर्ने कम्पनीका रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर फालेकाे थियाे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij