वेबटिभी खबर
काठमाडौं । काभ्रेपलान्चाेकमा बाँदर र बँदेल आतंक नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक रहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समय काभ्रेमा बढेको बाँदर र बँदेल आतंकले किसानले लगाएको अन्ननबालीमा हानी नोक्सानी गरेको भन्दै उनले बाँदर र बँदेल आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जंगली जनावरकाे आतंकका कारण किसान चिन्तित बनेकाे उनकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij