वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले आगामी साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई दिने शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण दिने भएका छन् ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेका हुन् ।
ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन-२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि कांग्रेस केन्द्रीय पार्टी कार्यालयले अनुरोध गरेकाे छ ।
अभिमुखीकरण कार्यक्रममा सहभागी हुन चाहने जनप्रतिनिधिले २९ साउन बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा नाम दर्ता गर्न सक्ने छन् ।
कांग्रेसको सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij