Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अल्लो प्रशाेधन केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर

अल्लो प्रशाेधन केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर

  • 506
    SHARES
  • अल्लो प्रशाेधन केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको मान्म-८ ताडिस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद पाण्डेसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरू विरूद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) रहेका छन् ।

    आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा भवन निर्माण कार्यमा नक्कली बिल बनाई २ लाख ५१ हजार ५२९ रूपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ । मंगलबार दायर गरिएको मुद्दामा उनीहरूसँग त्यति नै रकम बिगो दाबी गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij