वेबटिभी खबर
काठमाडौं । कर्मचारी बिरामी भएका कारण जिल्ला प्रशासन कार्यालय धनुषा एक दिनको लागि बन्द हुने भएको छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको हृदयघातका कारण निधन भएको र ९ जना कर्मचारीमा भाइरल ज्वरो देखिएकाे भन्दै प्रशासनले कार्यालय बन्द हुने जानकारी गराएकाे हाे ।
कार्यालयको सेवाप्रवाह एक दिनका लागि स्थगन गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij