Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पुलले निमार्ण भएपछि आवागमनमा सहज

पुलले निमार्ण भएपछि आवागमनमा सहज

  • 402
    SHARES
  • पुलले निमार्ण भएपछि आवागमनमा सहज

    बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ ।

    राप्ती सोनारी गाउँपालिका-२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा ५ सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं-५ बिनौना र वडा नं-२ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।

    पुल नहुँदा वर्षाको समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुंगामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए ।

    राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षातको समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ ।

    पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो ।

    पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका-२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

    २०७४ सालबाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप कम्पनीले पुलको निर्माणकार्य सम्पन्न गरेको छ । तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो ।

    ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ । पुलको निर्माणकार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारुले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij