Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ

  • 306
    SHARES
  • विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ

    काठमाडौं । बाँके, झापा र नवलपरासी (पूर्व) अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत छन् ।

    इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित मंगलबार राति पक्राउ गरेको हो ।

    झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजासहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

    नवलपरासी (पूर्व)को देवचुली नगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगर रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    ग १४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij