Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

  • 500
    SHARES
  • बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् ।

    बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका हुन् । बैठकमा सांसद नविना लामाले मंगलबार रातिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न नदी करिडोरमा क्षति पुर्‍याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरिन् ।

    सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे । सांसद नारायणप्रसाद खतिवडाले  मंगलबार रातिको अविरल वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे ।

    सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकोमा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गरे । सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्याको समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij