Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जबराविरूद्धको महाअभियोग अध्ययन सक्न सभामुखको आग्रह

जबराविरूद्धको महाअभियोग अध्ययन सक्न सभामुखको आग्रह

  • 430
    SHARES
  • जबराविरूद्धको महाअभियोग अध्ययन सक्न सभामुखको आग्रह

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्ध लगाइएको महाअभियोगमाथिको अध्ययन छिटो सक्न आग्रह गरेका छन् ।

    २२ साउनमा प्रतिनिधिसभाले जबराविरूद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समिति सदस्यहरूको सहजीकरण बैठक राखेर उक्त आग्रह गरेका हुन् । 

    सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार महाअभियोग सिफारिस समितिको सहजीकरणका लागि सभामुखले बैठक राखेका हुन् । सहजीकरण बैठकमा समितिका ११  सदस्यमध्ये ६ जना सहभागी भएका थिए ।

    संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति रहेको थियो ।

    महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । बैठकमा सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् ।

    समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।

    संसद सचिवालयको रेकर्डका अनुसार रामबहादुर विष्ट यो समितिका जेष्ठ सदस्य हुन् । उनकै नेतृत्वमा पहिलो बैठक बस्नेछ ।

    पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौतमले बताए । तर पहिलो बैठक बस्ने मिति तय भने भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij