Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

यस्तो छ करारका शिक्षक हटाउनुपर्ने कारण

यस्तो छ करारका शिक्षक हटाउनुपर्ने कारण

  • 5.1K
    SHARES
  • यस्तो छ करारका शिक्षक हटाउनुपर्ने कारण

    महोत्तरी । शिक्षककै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताएका छन् ।

    करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैं बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको नगरप्रमुखको भनाइ छ ।

    करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले शिक्षक नै स्वतः पदमुक्त भएको बताए ।

    बर्दिबास नगरपालिकामा अघिल्लो स्थानीय सरकारले प्राथमिक तहदेखि माद्यामिक तहसम्म ६२ जना शिक्षक नियुक्त गरेको थियो ।

    नगरले प्रक्रियाअनुसार करार सेवामा कार्यरत शिक्षकलाई सेवामा निरन्तरता दिन नसक्ने बताएपछि शिक्षक भने आन्दोलित भएका छन् ।

    बर्दिबास नगरपालिकाको कार्यालयमा झण्डै ३५ जना शिक्षक ज्ञापनपत्र बुझाउन पुगेका थिए । नगरप्रमुख प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षकले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

    नगरभित्र करारका शिक्षकलाई करार नवीकरण गर्नुपर्ने अन्यथा धर्नाका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    शिक्षकले २३ देखि २९ सम्म चरणबद्ध संघर्षका कार्यक्रम गर्ने सार्वजनिक गरेका छन् ।

    २३ साउनमा ३ घण्टा धर्ना, २४ मा ५ घण्टा धर्ना, २५ मा ६ घण्टा धर्ना, २६ मा काम रोक्ने र विद्यार्थीसहितको आन्दोलन, २९ मा नगरपालिका घेराउ र वाकी कार्यक्रम अर्को साता सार्वजनिक गर्ने शिक्षकको भनाइ छ ।

    तर नगरपालिका भने पुनः करार नवीकरण नगर्ने निष्कर्षमा पुगेको छ । अर्को प्रक्रियाबाट बरु पुरानालाई प्राथमिकता दिने तर नवीकरण गर्न नसकिने नगरको अडान छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology