वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई कुनै समस्या परे फोनमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न सक्नेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार होम आइसोलेसनमा बसेकालाई घरबाटै उपचार तथा परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
मन्त्रालयले होम आइसोलेसनमा बसेकाले सम्पर्क गर्नसक्ने १८ चिकित्सकको फोन नम्बर सार्वजनिक गरेको छ । ती नम्बरमा फोन गरेर होम आइसोलेसनमा बसेकाले परामर्श, उपचार तथा अन्य सूचना लिन सक्नेछन् ।
आइसोलेसनमा बसेकालाई कुनै समस्या अथवा अलमल नहोस भनेर मन्त्रालयले स्वास्थ्यकर्मीसँग परामर्श गर्नसक्ने गरी सुविधा थप गरेको हो । 
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij