Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अमेरिकी पत्रकार १० वर्षदेखि सिरियामा बेपत्ता

अमेरिकी पत्रकार १० वर्षदेखि सिरियामा बेपत्ता

  • 633
    SHARES
  • अमेरिकी पत्रकार १० वर्षदेखि सिरियामा बेपत्ता

    एजेन्सी । एक दशकअघि अपहरणमा परेका अमेरिकी पत्रकारलाई सिरियाली सरकारले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    अस्टिन टाईसलाई देशको गृहयुद्ध कभर गर्ने क्रममा १४ अगस्ट २०१२ मा  दमास्कस नजिकै बन्धक गरिएको उनको परिवारले जनाएको छ ।

    ‘हामीलाई पक्का थाहा छ कि उनलाई सिरियाली शासनले नियन्त्रणमा राखेको छ’, बाइडेनले भने । अस्टिनलाई स्वदेश फर्काउने कार्यमा अमेरिकालाई सहयोग गर्न पनि सिरियालाई आह्वान गरेका छन् ।

    सिरियाली राष्ट्रपति बसर अल-असदले आफ्नो सरकारले श्री टाइसलाई नियन्त्रणमा राखेको पुष्टि गरेका छैनन् । अन्य शीर्ष सिरियाली अधिकारीहरूले यसअघि अमेरिकीलाई हिरासतमा राख्न अस्वीकार गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij