वेबटिभी खबर
काठमाडौं । काठमाडौंको माइतीघरमा वन नियमावली-२०७९ खारेजको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ ।
उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो ।
वन ऐन-२०७६ ले दिएको अधिकार वन नियमावली-२०७९ ले खोसेको उनीहरूको आरोप छ ।
‘वन नीतिविपरितको वन नियमावली-२०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली-२०७९ खारेज गर जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij