Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पाँच फार्मलाई जरिवाना

पाँच फार्मलाई जरिवाना

  • 422
    SHARES
  • पाँच फार्मलाई जरिवाना

    हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौंडाले तोकिएको कानुन विपरीत तथा उपभोक्ताको हितिबरूद्ध कारोबार गर्ने पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा हेटौंडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिवाना गरेको हो ।

    उनका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी-कमजोरी पाइएपछि कारबाहीस्वरुप जरिवाना गरिएको हो ।

    हेटौंडा बजारमा रहेका र कारबाहीमा परेका आँगन स्वीटस् एण्ड फास्टफुडलाई २० हजार, राजधानी स्वीटस्लाई २० हजार, अल्फा डेन्टललाई ५ हजार, इपीपी जनरल अर्डर सप्लायर्सलाई १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

    यस्तै अनुमति विपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४ व्यावसायिक फार्मको अनुगमन भएको थियो ।

    तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११, अस्पताल तथा  स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई हार्डवेयर पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो।

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा विषयगत कार्यालय, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासंघ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij