Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

  • 473
    SHARES
  • अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

    काठमाडौं । आयरल्यान्डले दोस्रो टी-२० खेलमा अफगानिस्तानलाई  ५ विकेटले हराएको छ ।

    १२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।

    आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन  बनायो ।
    अफगानिस्तानका हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए ।

    जितसंगै पाँच टी-२० खेलको शृंखलामा आयरल्यान्डले २-० को अग्रता बनाएको छ । अघिल्लो खेलमा आयरल्यान्डले ७ विकेटको जित निकालेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij