वेबटिभी खबर
काठमाडाैं । कोरोना नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएपछि विमानास्थलमा यात्रुहरुको भीड बढेको छ ।
अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि बन्द हुँदैछ । बन्द हुने अघिल्लोदिन बुधबार विभिन्न देश जान लागेका यात्रुको भीड बढेको हो ।

विमानास्थल पुगेका यात्रुले अन्तराष्ट्रिय उडान बन्द हुने भएपछि नेपाल छोड्न लागेको बताएका छन् । उनीहरुले निषेधाज्ञाका कारण विमानस्थलसम्म पुग्न निकै समस्या भएको पनि बताए ।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी भएको थियो । तर, संक्रमण निरन्तर बढ्दै गएकाले निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij