Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

  • 572
    SHARES
  • नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

    काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रूपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा बिक्री गर्ने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

    images

    २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रूपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ ।

    सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ ।

    ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ ।

    नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रूपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको छ ।

    गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रूपैयाँ, कम्बोडियाले १ करोड ४३ लाख ३९ हजार रूपैयाँ, हङकङले १ करोड १९ लाख १३ हजार रूपैयाँ, जापानले ३ करोड ५ लाख ६८ हजार रूपैयाँ, नेदरल्याण्ड्सले १ करोड ९३ लाख ५० हजार रूपैयाँ, सिंगापुरले १ करोड २९ लाख ८५ हजार रूपैयाँ र बेलायतले ३ करोड २८ लाख ५४ हजार रूपैयाँको कुकुर र बिरालोको खाना आयात गरेका छन् ।

    अघिल्लो आर्थिक वर्ष २०७/७७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रूपैयाँको १२ लाख ६२ हजार ९९८ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology