Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चलचित्र ‘महानगर’को पोस्टर सार्वजनिक

चलचित्र ‘महानगर’को पोस्टर सार्वजनिक

  • 576
    SHARES
  • चलचित्र ‘महानगर’को पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं)को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

    images

    सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलीन चलचित्र फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल, वासिंगटन डीसी साउथ एसियन चलचित्र फेस्टिभल, स्पेनको एसियन चलचित्र फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल चलचित्र फेस्टिभलमा पनि चलचित्र छनोट भएको छ ।

    चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

    माउन्टेन रिभर चलचित्र तथा गो वीन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे चलचित्रसले निर्माण गरेको महानगरको लेखन निर्देशन मोहन राईले गरेका हुन् ।

    यसैगरी चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासँगमको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् ।

    चलचित्रको प्रर्दशन निकट भविष्यमा गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology