Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रधानमन्त्री ओली पुगे देउवा निवास

प्रधानमन्त्री ओली पुगे देउवा निवास

  • 973
    SHARES
  • प्रधानमन्त्री ओली पुगे देउवा निवास

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

    प्रमुख प्रतिपक्षी दलका सभापतिसमेत रहेका देउवासँग छलफलका लागि एमाले शीर्ष नेताहरुसहित प्रधानमन्त्री ओली बुढानिलकण्ठ पुगेका हुन् ।  

    ओलीका साथमा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि देउवा निवास पुगेका हुन् । 

    जेठ ६ गते तय गरिएको राष्ट्रियसभाकाे उपनिर्वाचन र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको सन्दर्भमा ओलीले देउवासँग कुराकानी गर्ने छन् । 

    ‘उपनिर्वाचन र प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूचीबारे प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका सभापतिसँग छलफल गर्न चाहनु भएको हो,’ प्रधानमन्त्री ओलीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij