Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुख चाहनुहुन्छ भने सुख बाँड्नुहाेस्

सुख चाहनुहुन्छ भने सुख बाँड्नुहाेस्

  • श्रावण २८, २०७९ शनिवार ०९:५२ बजे
  • 654
    SHARES
  • सुख चाहनुहुन्छ भने सुख बाँड्नुहाेस्

    अर्काको सहानुभूति पाउन दुःख प्रकट गर्ने परिपाटी धेरै चल्तीमा छ । तर अरु समक्ष दुःख प्रकट र प्रदर्शन गर्नुको केही औचित्य छैन् । कुन प्रयोजनका लागि अरु समक्ष दुःख प्रकट गर्ने ? दुःख झुठो होस् वा साँचो होस् प्रदर्शन गर्दै हिड्न किन पर्यो ? आफ्नो घाउ देखाउने आकांक्षा किन ? 

    images

    दुःख र घाउ देखाउनुका पछाडि एउटै कारण हुनसक्छ, कसैको सहानुभूति प्राप्त होस् । तर यस्तो चाहना किन ? यस्तो चाहनालाई रुग्ण चाहना भनिन्छ । आफ्नो दुःखमा अर्काे पनि सहभागी होस भन्ने रुग्ण चाहना हो । कोही आफ्नो दुःखमा सहभागी होस् भन्ने अकांक्षा रुग्णताको प्रतिक हो । 

    धेरै बेर अरुका दुःखका कुरा सुन्दा पट्यार नै लाग्छ । यो स्वभाविक हो । भेट्न पाको छैन आफ्ना वेदना पोख्न थाल्नेसँग धेरै बेर बस्नै सकिँदैन् । 

    अरुलाई सुखमा पो सहभागी गराउने हो त । मानौं कसैले तपाईंलाई आफ्ना बेदनाको पोको खोलेर राख्न थाल्यो भने कतिन्जेल सहन सक्नुहुन्छ ? स्वभाविकरुपमा त्यो मान्छेबाट टाढा भाग्ने कोसिस जो कोहीले गर्छ । दुःखका गाथामात्र सुनाउने मान्छेसँग जो पनि टाढा हुन खोज्छ । आफ्नै दुःख कुन कम छ र अर्काको सुन्नलाई ? अरुको दुःख सुन्न कसैलाई चासो हुँदैन । शिष्टाचारबस दुःखका कुरा केही बेर सुन्नु बेग्लै कुरा हो । आफ्नो पनि केही दुःख सुनाउनु छ भने अर्काको पनि सुन्न सकिन्छ । तर धेरै बेर अरुका दुःखका कुरा सुन्दा पट्यार नै लाग्छ । यो स्वभाविक हो । भेट्न पाको छैन आफ्ना वेदना पोख्न थाल्नेसँग धेरै बेर बस्नै सकिँदैन् । 

    अरुसँग बाँड्ने भनेको सुख हो । सुख सुनाउनुहोस्, सुख बाँड्नुहोस् । सुख बाँड्न सुरु गर्ने वित्तिकै तपाईंका दुःख हराउन थाल्छ । किनकी सुख बाँडेर जुन प्रेम तपाईंले प्राप्त गर्नु हुन्छ त्यो दुःख बाँडेर पाएको सहानुभूति भन्दा निकै भिन्न र गरिमायुक्त हुन्छ । दुःख बाँड्दा पाउने सहानुभूति झुठो प्रेम र शिष्टाचार मात्र हो । यो भन्दैमा दुःखलाई दवाउने भनेको हैन् । दुःख पनि बाहिर निकाल्नु पर्छ । दुःखका कुरा आफैंसँग भन्ने हो । एक्ले मजाले रुने हो । तर अरुलाई सुनाउँदै हिड्ने हैन् । एकान्तमा बसेर रुनुहोस्, आँशुबाट दुःख विसर्जन गर्नुहोस् । 

    दुःखमा धेरै स्वागत पाउन थालेपछि दुःख नै व्यवसाय बन्छ । दृष्टिकोण रुग्ण राख्नु हुन्न । पृथ्वी नै रुग्ण बनाउने यस्तै हुन् । दुःखमा रस पाउन थालेपछि त्यसको आदत बन्छ ।

    बाटोमा शरीरभरि घाउ लिएर बसेका माग्ने देख्दा केही दान गरे पनि तपाईं जतिसक्दो छिटो त्यहाँबाट  भाग्न चाहनु हुन्छ । घाउ देखाएर बस्ने तिनीहरुले तपाईंको सहानुभूतिको शोषण गरिरहेका हुन्छन् । तर घाउले भरिएको मान्छे भेट्दा नजिक बस्न कसैलाई मन लाग्दैन । 

    कतिपयलाई अर्काको घाउ हेरेर सुख मिल्छ । अर्काको दुःखमा रस लिने पनि हुन्छन । त्यो स्वस्थ मान्छे हैन् । त्यो एउटा मनोरोग हो । घाउ हेर्ने मन भए अस्पताल गए हुन्छ । 

    सुखको गीत गाउनुहोस्, सुखको चर्चा गर्नुहोस् । यस्तो गीत र चर्चाले सुखको वृद्धि हुन्छ । सुखको चर्चा गर्न थालेपछि महासुखको आगमन हुन्छ ।

    अरुलाई दुःख सुनाउनु रेचन हैन् । घरको फोहोर अर्काको घरमा फ्याक्दा को खुसी होला ? छिमेकीको घरमा फोहोर फ्याक्यो भने छिमेकीले पनि आफ्नो घरमा फोहोर फ्याल्न थाल्छ । यसले क्रमशः बिमार समाज पैदा हुन्छ ।

    दुःखमा धेरै स्वागत पाउन थालेपछि दुःख नै व्यवसाय बन्छ । दृष्टिकोण रुग्ण राख्नु हुन्न । पृथ्वी नै रुग्ण बनाउने यस्तै हुन् । दुःखमा रस पाउन थालेपछि त्यसको आदत बन्छ । सुन्दरको लागि प्रेम माग्नुहोस् । सुखको लागि स्वागत माग्नुहोस् । 

    शारीरिक कमजोरी छ भने पनि त्यो देखाउँदै दुःख प्रकट गर्नुभन्दा चित्र, मूर्ति बनाउन सकिन्छ । गीत गाउन, संगीत सृजना गर्न सकिन्छ । कमजोरी देखाएर सहानुभूति बटुल्ने प्रयास नै गलत हो । दुःखीलाई दया गरौं भन्ने नाराले पनि दुःख बढाउन मद्दत गरेको छ । यो नाराले दुःखी हुनलाई प्रोत्साहन गरेको छ । सुखीलाई माया गरौं भन्ने पो हो त । यसले सबै सुखी हुन जोडजुलुम गर्छन । सारा पृथ्वी सुखीले भरिन्छ ।

    दुनियाँबाट दुःख मेटियोस भन्ने चाहनु हुन्छ भने दुःखी हुँदा फाइदा हुन्छ भनेजसरी वातावरण वनाउन मद्दत नगर्नुहोस् । श्रेष्ठलाई सत्कार गर्नुहोस्, सुन्दरलाई स्वीकार्नुहोस, सुखको गुणगान गर्नुहोस् । दुःख छ भने त्यसको इलाज गर्नुहोस्, त्यसको स्वागत नगर्नुहोस् । दुःख छ भने त्यसलाई मेटाउने प्रयास गर्नुहोस तर सम्मान नगर्नुहोस । दुःखीलाई यो थाहा हुनुपर्छ कि शिष्टाचारबस मात्र मान्छेले सहानुभूति देखाएका छन् । वाध्यतामा दुःखीको सेवा गर्नुपरेको हो भन्ने उनीहरुले थाहा पाउनुपर्छ ।

    बिरामी हुँदा मात्र प्रेम दिने गरियो भने प्रेम कम भएको महशुस हुनेवित्तिकै व्यक्ति बिमार हुन थाल्छ । मनोविज्ञानले पनि यही भन्छ । ५० देखि ७० प्रतिशत बिमारी झुठो हो । स्वस्थ हुँदा वास्ता नगर्ने छिमेकी पनि बिरामी हुँदा हेर्न आउँछन् । बिरामी हुँदा पाउने सहनुभूतिप्रतिको आकर्षण विष सरह हो । 

    काम गरेको संस्थामा पनि बिमार हुँदा कामबाट पनि छुट्टी पाइन्छ । विमार हुँदा त जसले पनि छुट्टी दिन्छ तर स्वस्थ हुँदा नपाउन सक्छ । स्वस्थ हुँदा पनि मजाले छुट्टी दिनुपर्छ । स्वस्थ व्यक्तिले छुट्टी लिएर प्रकृतिसँग रमाउने, गीत गाउने र नाच्ने पो हो त । यो तरिकाले यो दुनियाँ धेरै सुन्दर हुनसक्छ । 

    ओशोले हिन्दीमा दिएको प्रवचनको भावानुवाद


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology