वेबटिभी खबर
काठमाडौं । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।
किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ ।
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
तनहुँको देवघाट गाउँपालिका-५ बेणी संगमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जंगबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कालीगण्डकी किनारमा नुहाउने क्रममा नदीले बगाउँदा बेपत्ता बनेका उनको तत्काल प्रहरी परिचालन गरि खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा पनि फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij