Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

यी हुन् अभिनेत्री श्रीदेवीका चार रोचक तथ्य

यी हुन् अभिनेत्री श्रीदेवीका चार रोचक तथ्य

  • 425
    SHARES
  • यी हुन् अभिनेत्री श्रीदेवीका चार रोचक तथ्य

    एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवी अहिले यो संसारमा छैनन् । तर उनलाई अझै पनि फ्यानहरूले सम्झिइरहेका छन् ।

    images

    श्रीदेवी जति सुन्दर थिइन् । उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

    सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रूअरी २४ मा भएको थियो ।

    उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरेकी छिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ ।

    हिरोभन्दा बढी पारिश्रमिक

    भारतीय फिल्ममा जहिल्यै पुरूषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ ।

    ९० को दशकमा अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

    श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरू सिनेमाघरतिर दौडन्थे ।

    उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् ।

    यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् ।

    फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

    साउथमा पनि लोकप्रिय नाम

    अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् ।

    उनले १६ वयथीनिलए, मंदरू मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

    ओठको प्लास्टिक सर्जरी

    फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो ।

    त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मनपराएनन् ।

    १५ वर्षपछि कमव्याक

    श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रूपमा चिनिन्थ्यो ।

    उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता-गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।

    १५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology