Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सलमान रूस्दीलाई चक्कु प्रहार गर्नेको पहिचान खुल्यो

सलमान रूस्दीलाई चक्कु प्रहार गर्नेको पहिचान खुल्यो

  • 531
    SHARES
  • सलमान रूस्दीलाई चक्कु प्रहार गर्नेको पहिचान खुल्यो

    एजेन्सी । अमेरिकाकाे न्युयोर्क राज्यमा शुक्रबार आयोजित एक साहित्यिक कार्यक्रममा चर्चित उपन्यासकार सलमान रूस्दीलाई चक्कु प्रहार गर्ने व्यक्तिकाे पहिचान खुलेको छ ।

    प्रहरीका अनुसार न्यू-जर्सीका २४ हाडी मटरले रूस्दीलाई चक्कु प्रहार गरेका थिए । चक्कु हमलापछि गम्भीर घाइते भएका रूस्दीको आँखाको शल्यक्रिया भइरहेको छ ।

    उनले एउटा आँखा गुमाउन सक्ने अनुमान चिकित्सककाे  छ ।

    आक्रमणकारी मटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आइआजीसी)प्रति सहानुभूति देखाएको जनाइएको छ ।

    मटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ ।

    रूस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाइ छ ।

    मटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरूले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij