वेबटिभी खबर
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व)को गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका-११ तल्लो सेरामा लु १ झ ६६० नम्बरको प्रहरीकाे गाडी शनिबार बिहान दुर्घटना हुँदा रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो ।
यसैगरी गाडीमा सवार जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रूकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् ।
त्यस्तै गाडी चालक एवम् हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।
अनुगमन तथा नियमित कामका लागि सदरमुकाम रूकुमकोटबाट तकसेरातर्फ जाने क्रममा आज करिब बिहान ११ बजे गाडी दुर्घटनामा परेको थियो ।
गाडी सडकबाट करिब १०० मिटर तल खसेको प्रहरी कार्यालय रूकुम पूर्वले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij