वेबटिभी खबर
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक पुरूष खसेर बेपत्ता भएका छन् ।
शनिबार दिउँसो एकजना पुरूष सुन्दरीजलस्थित बाग्मतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बेपत्ता भएका पुरूषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij