Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

  • 413
    SHARES
  • म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । 

    ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलविहीन रहे । 

    ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।

    जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ । 

    यस्तै, गय राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

    सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो ।  

    यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाइटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij