Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शिक्षकलाई गाली होइन सम्मान गराैं : शिक्षामन्त्री

शिक्षकलाई गाली होइन सम्मान गराैं : शिक्षामन्त्री

  • 8.1K
    SHARES
  • शिक्षकलाई गाली होइन सम्मान गराैं : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई गाली होइन सम्मान गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकलाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

    images

    ‘देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरूलाई तालिम दिने हो । सम्मान दिने हाे । नेपालको शिक्षा खत्तम छ भनेर आफैं प्रचार नगरौँ । आफैंले पढाएका छौँ । आफैं विद्यालयमा छौँ । आफैं व्यवस्थापन समितिमा छोँ । हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरू राम्रा छैनन् भनिरहेका छौँ । यो हामीले अन्त्य गर्नुपर्छ । यो सक्छौँ र सक्नुपर्छ । इच्छाशक्ति सक्छौँ भन्ने हुनुपर्छ । शिक्षा भनेको सेवाको क्षेत्रहरू सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान मिल्दैन । विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक छ,’ कार्यक्रममा मन्त्री पाैडेलले भने ।

    शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनले बताए ।  नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘नेपालको शिक्षा साँच्चै सुधार्ने नै हो । शिक्षा सुधार्ने हामीले नै हो । साँच्चै शिक्षा सुधार्नको निम्ति मन्त्रायले नीतिगत रूपमा अघि बढाउने कुरा सुझाव लिएर अघि बढ्न तयार छ । विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ । एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्र पसेर हेर्दा सन्तुष्ट हुने ठाउँ छैन ।’

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology