वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना भाइरस संक्रमणको यस संकट अवस्थामा अभाव भइरहेको अक्सिजन पूर्तिका लागि विभिन्न ६ बुँदे सुझाव दिएका छन् ।
आविष्कार केन्द्रले अक्सिजन पूर्तिका लागि चालेको कदम सोचेअनुरुप उपलब्धि हुन नसकेपछि अक्सिजनको अभाव पार लगाउन उनले सरकारलाई ६ बुँदे सुझाव दिएका हुन् ।
उनले यस संकटकालीन अवस्थालाई पार लगाउनको मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान नहुने बताएका छन् ।
‘मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर यो संकटकालीन समस्या सामाधान हुँदै हुँदैन । नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यही नै हो’, उनले लेखेका छन्, ‘ यो अवस्थामा छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन । मैले यसो भन्दा दु:ख नमान्नु होला होला।’
उनले यही छुट्टै ऐनलाई टेकेर सरकारले स्वच्छ व्यक्तिहरुको टीम बनाएर काम सुरु गरि हाल्नुपर्ने बताएका छन् । तत्काल विदेशबाट २० हजार वटा खाली अक्सिजन सिलिण्डर ल्याउन सुझाव दिएका छन् ।
उनले फेसबुकमा यस्तो लेखका छन्
अहिलेको अक्सिजनको चरम अभावको अचुक सामाधान यस्तो हुन् सक्छ ।
कोरोनाको दोस्रो लहरमा केहि दिन सम्म राष्ट्रिय आविष्कार केन्द्र मार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझें सम्म अक्सिजनको चरम अभाब लाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु ।
सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धि नभएकोले सोचेको उपाय हो यो । मैले सुझाएको उपाय संग तपाईं सहमत नहुन पनि सक्नु हुन्छ । छलफल गरौँ र राम्रो उपाय निकालौं ।
पहिलो कुरा त कोरोना महामारीको अहिलेको अबस्था भनेको संकटकालीन अवस्था हो । कुनै कल्पना नै नगरिएको संकट आईहाल्यो भने त्यसलाई पार लगाउनको लागी मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान हुँदै हुँदैन ।
नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यहि नै हो । प्रधानमन्त्री सहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागी मुख्य सचिब र मन्त्रालयका सचिबहरुलाई कडा निर्देशन दिनु हुन्छ । अनि सचिबहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागी मौजुदा ऎन, नियम कानुन, प्रक्रिया र अभ्यास को आधारमा कदम चाल्छन ।
यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ ।
आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन । त्यसलाई समाधान गर्ने छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन । मैले यसो भन्दा दुख नमान्नु होला होला ।
उसो भए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?
१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभाबलाई समाधान गर्नको लागी सर्बप्रथम राष्ट्रपतिले अध्यादेश द्वारा “कोरोना महामारी रोकथामको लागी आपतकालीन कानुन र प्रक्रिया” भन्ने अध्यादेश ल्याउने ।
२. सोहि कानुनमा टेकेर सरकारले भ्रस्टाचार नगर्ने स्वच्छ ब्यक्तीहरुको टीम बनाएर काम सुरु गरि हाल्ने ।
३.अध्यादेश ल्याउन एक दिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन १ हप्ता लाग्ला ।
४.अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ ओटा जहाजहरुमा तिन हप्ता भित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीन बाट अथवा अन्य मुलुक बाट ल्याउने ।
५. ति खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाब कम गर्ने ।
६. यसो गर्न पैसा कहाँ बाट ल्याउने ?
सरकारको विकास बजेटमा खर्च नभएको पैसा र अन्य फजुल खर्चहरु घटायो भने पक्कै पनि पैसाको खाँचो हुदैन किन भने २० हजार ओटा खाली सिलिन्डर ल्याउने भनेको कुनै महत्वकांक्षी र ठुलो वजेट लाग्ने कुरा होइन । पहिला जनता को ज्यान बचाउन पर्यो । बिकास भन्ने कुरा त्यस पछि गरे पनि हुन्छ ।
लौ त, म मुर्ख मान्छेले जानेको कुरा यहि हो । म सरकार भएको भए कुनै पनि हालतमा यहि काम गर्ने थिएँ । अब गर्ने काम सरकारको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij