म विद्यालय क्षेत्रमा प्रवेश गरेको २४ वर्ष पूरा भएछ । श्री कल्याण निमावि, लम्जुङमा प्रवेश गरेकाे दिन सम्झिँदा गर्व लाग्छ । साे विद्यालयमा म निजी स्राेतमा पढाउँथें । महिना दिनकाे शिशुलाई छोडेर म विद्यालय जान्थें ।
म २०६३ चैत २५ गते भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित रामवागमा बसें । त्यो स्थानमा रहँदा जेम्स स्कुलमा डेढ वर्ष पढाएको थिएँ । यसै समयमा श्री गौतम आधारभूत विद्यालयमा बालशिक्षकको विज्ञापन खुलेको जानकारी पाएँ ।
निवेदन दर्खास्त गरे १२ जनासँग प्रतिस्पर्धा गरि नाम निकाल्न सफल भएँ । त्याे दिन थियो २०६४ साल माघ महिनाको ४ गते । त्यैदिनदेखि गाैतम आधारभूत विद्यालयमा कार्यरत छु ।
आज १५ वर्ष भएछ पढाएकाे । मेरो सुरूको तलब १५ सय रूपैयाँ थियो । समय बित्दै गयाे । तलब पनि बढ्दै गयाे । सरकारले पाँच सयबाट वृद्धि गरेर तीन हजार पुर्यायाे । विद्यालयले ४ हजार थपेर ७ हजार खुवाउँथो । अनि सरकारले ३ मा ३ थपेर ६ हजार बनायो ।६ मा ७ थपेर रू १३ हजार हुने भयो भनेर ढुक्क थिएँ । तर विद्यालय प्रशासनले त्यो चार हजारमा ३ हजार काटेर जम्मा १ हजार थपेर ७ हजार मात्र दियो । अनि मसँग सहकार्य गर्नुहुने म्याडम र म सँगै विद्यालय प्रशासनसँग कुरा राख्याैं ।
विद्यालयले दिइरहेको तलब किन काट्नु भयो ? कुनै पनि संघसंस्थामा खाइपाइ आएको तलब काट्ने सिस्टम छैन । समय सापेक्ष महंगी हामिलाई पनि खेप्नु परेकोछ । जो हामी विद्यालयको जगमा बसेर काम गरिरहेका छौं । नानीबाबुलाई हेरचाह गरेका छाैं ।
हाम्रो परिश्रमको मूल्यांकन गर्नुहोस् । हामीले विद्यालयले थपेको तलब नकाटिदिनोस् भने धेरै पटक अनुरोध गर्याैं तर प्रशासनले टेरेन । उहाँहरूले भन्नुभयाे– जुन विद्यालयले धेरै तलब दिन्छ त्यही जान सक्नुहुन्छ । त्यसपछि प्रशासनले अनावश्यक तनाव दिन थाल्याे ।
आखिर विद्यालयले थपेको त्यो तलब पनि काट्यो र जम्मा रू ६ हजारमा काम गर्न बाध्य बनायो । विद्यालयको यस्तो गतिविधिले तनाव । कहाँ कसलाई भनौं ? हामीलाई बिदा पनि मिल्दैनथ्याे । यसै सिलसिलामा एकजना केन्द्रीयस्तरका शिक्षकसँग परिचय गर्ने अवसर मिल्यो । उहाँसँग सबै पीडा र विद्यालय प्रशासनले गरेको गतिविधि सुनाएँ ।
तत्कालीन समयमा जिल्ला शिक्षक प्रमुख दिपेन्द्र अधिकारी हुनुहुँदो रहेछ । उहाँलाई शिक्षकले कुरा राखिदिनु भएछ । तर उहाँ सरूवा भैसक्नु भएको थियो । मैले भरतपुर शिक्षा समन्वय शाखामा र भतरपुर नगरपालिका शिक्षा शाखामा निवेदन गरें । तर उहाँहरूले मेरो निवेदनप्रति केही बोल्नुभएन । उल्टै विद्यालय व्यवस्थापन समितिलाई नै निवेदन गर्नु भनि पठाए । यस्तैमा ६ महिना बित्याे । तर न्याय पाइनँ ।
यसै सिलसिलामा एकजना शिक्षकसँग परिचय भयाे । मैले पीडा पाेखें । पीडामुक्त हुने आइडिया सिकाइदिनु भयो । उहाँकाे भनाइअनुसार सबै निकायका अध्यक्षहरूलाई निवेदन गरें । त्यो दिनसम्म म कुनै राजनीतिक पार्टीमा थिइनँ ।
शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने मनमा थियो र छ । नेकपा एमालेनिकट शिक्षक संगठनका अध्यक्ष अध्यक्ष दानबहादुर गुरूङलाई फोन गरें । म अन्यायमा परें सर भनें । अनि सबै पार्टीका संगठननका अध्यक्षलाई निवेदन गरें । त्यसकाे एक महिनापछि शिक्षक महासंघका पदाधिकारीसँग विद्यालयको प्रअ, विद्यालय समिति अध्यक्ष र म स्वंय बसेर मिटिङ गर्याैं ।
त्यो समयमा ममाथि विद्यालय प्रसाशनले गरेका सम्पूर्ण गतिविधि हुबहु सुनाएँ । पछि प्रअ र अध्यक्षले मेरो काटेको तलब दिन्छाैं भने । ६ महिनासम्म खाइपाइ आएको विद्यालयले थपेको त्यो तलब पाएँ । फेरि त्यो दिनदेखि विद्यालयले थपेको तलब हामी दिन सक्दैनौं भनि माइन्यूट गरि हामीलाई हस्ताक्षर गराउन लगाइयाे । यसरी विद्यालयले बर्सेनि हामीमा अन्याय गरिरह्याे ।
विद्यालय प्रशासनसँग सधैं रातो मुख लगाउनुभन्दा म नेपाल सरकारसँग भन्न जान्छु भनि मेरो मनमा बिचारहरू आए । म बिहान ९:३० मा विद्यालय जान्छु । ४ः१० मा छुट्टी । मेरो तलब ८ हजार ५ सय छ । म पनि जिउनु छ । बिरामी भए औषधि गर्नुपर्यो । परिवार पाल्नु पर्यो । महंगी खेप्नुपर्याे भनि रहन्थें ।
म जस्ता नेपालभर ३६ हजार छौं । उहाँहरूको पनि मेरै जस्तै समस्या छ । यस्ता कुराहरू भन्ने क्रममा बल्ल मैले राजनीतिक गर्नेहरूलाई चिन्दै गएँ । कयौं प्रधानमन्त्री र शिक्षामन्त्री भए । आश्वासन दिए । गए । तर हामीलाई कसैले पनि न्याय दिन सकेनन् । हाम्राे माग सम्बन्धित निकायमा राखिदिनोस् भनि रहेँ ।
यसै सिलसिलामा निजामती कर्मचारीको केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, माननीय रामचन्द्र राई, माननीय कृष्णभक्त पाेख्रेललगायतसँग सहकार्य गरि केन्द्रस्तरका व्यक्तित्वहरूसँग परिचित गर्ने अवसर प्राप्त भयाे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्छु र ३६ हजार बालशिक्षकको समस्या र समाधानको उपायमा बारेमा कुरा राख्छु भनेर उहाँका स्वकीय सचिव इन्द्र भण्डारी र राजेशजीसँग समय मागेकाे थिएँ ।
त्यसै समयमा प्रधानमन्त्री ओली चितवन आउनुहुने कुरा मलाई माननीय रामचन्द्र राईले सुनाउनु भयाे । यही मौकामा म उहाँलाई ध्यानाकर्षण गराउँछु भन्ने लाग्याे । मैले चितवन जिल्लाको अध्यक्ष पार्वती रावलसँग सल्लाह गरेर अनुमति मागें । शिक्षक महसंघ चितवन जिल्लाका पदाधिकारीलाई पत्र बनाउन लगाएँ । २०७७ पुस ४ गते चितवनमा एमालेको विशाल आमसभामार्फत उहाँको हातमा ज्ञापनपत्र बुझाउन सफल भएँ ।
२०७७ माघ २२ गते म पेशागत महासंघको केन्द्रीय समितिको प्रतिनिधित्व गर्दै निजामती कर्मचारी अध्यक्ष केदारप्रसाद देवकोटा र शिक्षक महासंघ केन्द्रीय अध्यक्ष बाबुराम थापाको सहकार्यमा पेशागत महासंघको कार्यक्रममार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गरायाैं । उहाँले माग सम्बाेधन गर्ने वचन दिनुभयाे । २०७८ जेठ १५ गतेको बजेट भाषणबाट सम्बोधन गर्नुभयो ।
बालशिक्षकको मात्र नभएर विद्यालय कर्मचारीको पनि तलब बढ्याे । बालशिक्षक र विद्यालय कर्मचारीको तलब रू ६ हजारबाट १५ हजार भयो । चालु आर्थिक वर्षमा सम्बन्धि मन्त्रालयमा लभिङ भर्न सकिनँ । अरू कोही कसैले पनि लबिङ गर्नु भएको रहेनछ । तर शिक्षक महासंघले शिक्षामन्त्रालयमा ५१ बुम्दे सममतिसहित ध्यानाकर्षण गराएको देखेको थिएँ । तर आर्थिक बजेट २०७९/८० जेठ १५ गतेको बजेट भाषणमा बालशिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन भएन ।
फेरि पनि जेठ १७ मा म शिक्षक महासंघको केन्द्रीय समितिसहित शिक्षा मन्त्रालय, अर्थमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउन उपस्थिति भएँ । असारको १७ गते बालशिक्षकको मात्र रू २ हजार थपेको जानकारी शिक्षा मन्त्रालयले गरायाे ।
बिगत २ वर्षको पिरियडमा तलब १७ हजार भयो । तर हाम्रो कर्मको मूल्यांकन भएन । अनि मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चाहें ।
[रानाभाट पेसागत महासंघको केन्द्रीय सदस्य तथा गौतम आधारभूत विद्यालय भरतपुर महानगरपालिका चितवन–१५ फूलबारीकी बालशिक्षक हुन् ।]
इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्या लिएर प्रधानमन्त्रीलाई भेट्न जाँदा... [ब्लग]
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology