Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भूकम्पले क्षति पुर्‍याएको लमजुङका घर पुननिर्माणमा अन्योल

भूकम्पले क्षति पुर्‍याएको लमजुङका घर पुननिर्माणमा अन्योल

  • 542
    SHARES
  • भूकम्पले क्षति पुर्‍याएको लमजुङका घर पुननिर्माणमा अन्योल

    लमजुङ । लमजुङमा गतवर्ष गएको भूकम्पले क्षति पुगेका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गत जेठ पहिलो साता गएको भूकम्पबाट ५० घर पूर्णरूपमा भत्किएका थिए भने अन्य कयौं घरमा क्षति पुगेको छ । घर भत्किएका पीडित परिवार भने सरकारले घर बनाइदिने आशामा छन् । तर सरकारको भने कुनै छैन् ।

    गत ५ जेठमा  मर्स्याङ्दी गाउँपालिका–७, भुलभुले केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले यहाँका दुई हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । मर्स्याङ्दी गाउँपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाअन्तर्गत दुई हजारभन्दा बढी घरमा क्षति भएको भनिए पनि जिल्ला विपद् व्यवस्थापन समितिमा भने एकिन तथ्यांक छैन ।

    भूकम्पबाट क्षति भएका घरहरूको विवरण संकलन गर्ने र तत्काल राहत तथा पुनर्निर्माणका लागि पहल गर्न विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो । क्षतिको विवरण संकलनका लागि सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी सिआरएस नामक गैरसरकारी संस्थाले जिम्मा लिएको थियो ।

    संस्थाले सम्बन्धित स्थानमा पुगेर प्राविधिकको सहयोगमा क्षतिको विवरण संकलन गरिसकेको जनाएको छ । तर संस्थाले संकलन गरेको विवरण जिल्लास्थित विपद् व्यवस्थापन समितिमा नआएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । संस्थाले संकलन गरेको विवरण सिधैं मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन केन्द्रमा पठाएको तर विपद् व्यवस्थापन समितिमा बुझाउन नमिल्ने जवाफ पाएको प्रजिअ वैद्यले बताए । 

    भूकम्पले तीन वटा स्थानीय तहमा दुई हजारभन्दा बढी घरमा क्षति पुगेको विवरण केन्द्रमा पठाएको छ । तर के कस्तो क्षति भन्ने एकिन तथ्यांक जिल्लास्थित समितिमा नआएको प्रजिअ वैद्यको भनाइ छ । भूकम्पले क्षति पुर्‍याएका घरमध्ये पुनर्निर्माणका लागि ५० घर सोही संस्था सिआरएसले जिम्मासमेत लिएको छ ।

    जिल्लास्थित विपद् व्यवस्थापन समितिले पूर्णक्षति भएका ५० घर प्राथमिकताका आधारमा पुनर्निर्माणका लागि संस्थालाई जिम्मा दिने लिखित निर्णय भए पनि संस्थाले पुनर्निर्माण सुरू गर्न सकेको छैन । सो बाहेकका घर पुनर्निर्माणमा केन्द्रबाट नै कुनै परिपत्र नआएकाले कहिले सुरू हुने भन्ने अन्योल रहेको लमजुङ प्रशासनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij