Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

रुपन्देहीमा गोली चल्यो, एक घाइते

रुपन्देहीमा गोली चल्यो, एक घाइते

  • 344
    SHARES
  • रुपन्देहीमा गोली चल्यो, एक घाइते

    रुपन्देही । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन् ।

    गए राती पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन् ।

    गोली प्रहार र लुटपाटमा संलग्नहरूको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij