Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णय स्वभाविक : कमल थापा

नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णय स्वभाविक : कमल थापा

  • 503
    SHARES
  • नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णय स्वभाविक : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । 

    नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको बिषयलाई सम्बोधन गनुपर्नेलगायत बिषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसदमा फिर्ता गरिदिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन् ।

    ‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’ 

    राष्ट्रपतिले विधेयक फिर्ता गरेको बिषयलाई संघीय संसदले हठ गर्न नहुने पनि भन्दै थापाले सो बिषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन् । ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij