Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सामाजिक सेवा लिने बिरामीको संख्या बढ्दै 

सामाजिक सेवा लिने बिरामीको संख्या बढ्दै 

  • 397
    SHARES
  • सामाजिक सेवा लिने बिरामीको संख्या बढ्दै 

    सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको संख्या बढ्दै गएको छ । एकाइमार्फत मासिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको एकाइले जनाएको छ।

    images

    एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्षमा ८ सय ४५ पुरुष र ९ सय ७२ महिला गरी १ हजार ८ सय १७ बिरामीले सेवा लिएको जानकारी दिए । यो अघिल्लो वर्षभन्दा १ हजार १ सय १६ बढी हो ।

    आर्थिक वर्ष २०७७/०७८ मा तीन सय १८ पुरुष र तीन सय ८३ महिला गरी सात सय एकले सामाजिक सेवा लिएका थिए । यसमा चार सय १४ मधेसी, एक सय ५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।

    आर्थिक वर्ष २०७८/२०७९ मा एक हजार ८८ गरिब, पाँच सय ४३ ज्येष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा एकाइको तथ्यांकले देखाएको छ ।

    तीमध्ये परिचयपत्र वा सिफारिस पत्रसहितका आउने बिरामीको संख्या न्यून छ । ग्रामीण भेगबाट असहाय, अशक्त, गरिब, दलित, ज्येष्ठ नागरिक परिचयपत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनुपरेको उनले जानकारी दिए ।

    सेवा लिएका एक हजार आठ सय १७ मध्ये एक सय १५ ले मात्र परिचय पत्र वा सिफारिस लिएर आएको देखिएको छ ।

    उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ तर टाढाबाट आशा लिएर आउने असहाय, गरिब, ज्येष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको एकाइका उपप्रमुख धनेश्वर यादवले बताए ।

    गत वर्षको साउनदेखि २०७९ असारसम्म सेवा लिनेमा चार सय ३९ दलित, तीन सय ६१ जनजाति, नौ सय १३ मधेसी, ५९ मुस्लिम, ४३ ब्राह्मण क्षेत्री र अन्य दुई जना रहेका छन् ।

    यस्तै आकस्मिक बिरामी पाँच सय ७८, बहिरंग बिरामी सात सय २२ र भर्ना भएर आएका बिरामी पाँच सय १७ रहेको प्रमुख झाले बताए । आर्थिक वर्षको साउन महिनामा सामाजिक सेवा लिने दुई सय ५० पुगिसकेको छ ।

    गत वर्ष औषधिमा एक लाख ४ हजार आठ सय ८५, परीक्षणमा १२ लाख ६० हजार एक सय आठ तथा शय्या र रगतमा रु २० हजार छ सय ३९ गरी रु १३ लाख ८५ हजार छ सय ३२ लक्षित बिरामीको स्वास्थ्य सेवाबापत खर्च भएको छ ।

    प्रत्येक बिरामीमा औसत सात सय ६२ खर्च भएको छ । आंशिक उपचार सहयोग पाउने तीन सय ८८ र पूर्ण उपचार सहयोग पाउने एक हजार चार सय २९ जना छन् ।

    परीक्षणबापत खर्च भएको १२ लाख ६० हजार एक सय आठमध्ये प्रयोगशालामा १० लाख ३२ हजार, युएसजीमा ६९ हजार एक सय, सिटीस्क्यानमा ५३ हजार सात सय ३५, एक्सरेमा एक लाख ५ हजार दुई सय ७३ रहेको छ । यस्तै शय्याबापत रु १५ हजार ९९ र रगतबापत पाँच हजार पाँच सय ४० बिरामीले छुट पाएका छन् ।

    लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवम् उपभोग अभिवृद्धि गर्न सरकारले आव ०६९/७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकोमा राजविराजस्थित उक्त अस्पतालमा २०७५ चैत १२ गतेदेखि सेवा सुरु गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology