Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्कीकृत 

इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्कीकृत 

  • 18.4K
    SHARES
  • इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्कीकृत 

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा अर्थमन्त्रालयले बढाएको दुई हजार रूपैयाँ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बैठकले यही साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गरेको हो ।

    बिहीबार (साउन २६) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले इसीडी शिक्षकको पनि नयाँ तलबमान स्वीकृत गरेको जानकारी दिए ।  

    ecd teacher.jpg

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै

    उनले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, इसीडी शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरिएको छ ।’

    अब इसीडी शिक्षकलाई संघीय सरकारले साउन महिनादेखि नै १० हजार रूपैयाँ मासिक तलब पठाउँछ । ७ हजार रूपैयाँ स्थानीय सरकारले दिनुपर्ने हुन्छ । इसीडी शिक्षकको मासिक तलब रू १७ हजार हो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology