Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ट्रम्पले लगाए एफबीआईमाथि पासपोर्ट चोरीको आरोप

ट्रम्पले लगाए एफबीआईमाथि पासपोर्ट चोरीको आरोप

  • 292
    SHARES
  • ट्रम्पले लगाए एफबीआईमाथि पासपोर्ट चोरीको आरोप

    एजेन्सी, न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा राहदानी चोरेको आरोप लगाएका छन् ।

    images

    'ओहो ! एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।

    रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’

    तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ । 

    एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology