Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

रामपुर अस्पतालबाट एचआइभी संक्रमितलाई औषधि

रामपुर अस्पतालबाट एचआइभी संक्रमितलाई औषधि

  • 405
    SHARES
  • रामपुर अस्पतालबाट एचआइभी संक्रमितलाई औषधि

    पाल्पा । एचआइभी संक्रमित लाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि संक्रमितलाई निकै राहत मिलेको छ ।

    images

    नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो । हाल यस अस्पतालबाट नियमित औषधि सेवन, परामर्श सेवा र परीक्षण सेवा दिइएको छ ।

    यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनबाट रामपुर अस्पतालले संक्रमितलाई औषधि वितरण सेवा सुरु गरेको हो ।

    अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब १ सय २० जना संक्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेले बताए । रामपुरकी ३२ वर्षीया एक युवतीले रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताइन् ।

    दुई वर्ष अघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमितरूपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएका थिए । उनीसहित परिवारका चारजना सदस्य एचआइभी संक्रमित छन् ।

    नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको रामपुर अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरू बताउँछन् ।

    एचआइभी संक्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने संक्रमितहरू आफ्नो अनुभव बताउँछन् ।

    यस क्षेत्रमा एचआइभी संक्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरा लगायतका क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएका थिए ।

    उनीहरूलाई स्थानीय स्तरमा रहेको अस्पतालबाट सेवा दिनुपर्ने भन्ने मनसायले सेवा दिन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिए । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology