Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारूढ दलको निर्णय

नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारूढ दलको निर्णय

  • 410
    SHARES
  • नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारूढ दलको निर्णय

    काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

    मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको विषय मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको छ ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij