Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

खोटाङ जिल्ला अस्पतालमा बिरामी बढे

खोटाङ जिल्ला अस्पतालमा बिरामी बढे

  • 364
    SHARES
  • खोटाङ जिल्ला अस्पतालमा बिरामी बढे

    काठमाडौं । जिल्ला अस्पताल खोटाङमा भाइरल संक्रमणका बिरामी बढेका छन् ।

    images

    एक सातायता  जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन् ।

    जिल्ला अस्पतालको ओपीडीमा आइतबार र बुधबार १६० जना आएको जिल्ला अस्पताल खोटाङका डा.पुष्कल राईले बताए ।

    अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड–१९ को लक्षण देखिएको डा.राईले बताए ।

    भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology