Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जुम्लामा मष्टो मेला सुरु

जुम्लामा मष्टो मेला सुरु

  • 317
    SHARES
  • जुम्लामा मष्टो मेला सुरु

    काठमाडौं । जुम्लाका पर्यटकीय तथा धार्मिक महत्व बोकेका मष्टोहरूमा मेला सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएका मेला यसपटक भने धुमधामसँग हुने भएको छ ।

    images

    चन्दननाथ नगरपालिका-४ का देवीप्रसाद सिम्खाडाका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मालिका चौद्धशीमा मालिका माईको पूजा गरि त्यही दिनदेखि सबै ठाउँका देवी देवताहरूको पूजाआजा सुरु हुने चलन छ ।

    चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार मष्टोसहितका देवताको पूजाआजा सुरु भएको हो ।

    यस क्षेत्रमा बाह्र भाई मष्टो, बाबिरा, महादेव, भैरवनाथ, कैलाश, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव, दुर्गा भवानीसहितका दर्जनौं देउताको पूजाआजा हुन्छ ।

    मनोकामना पूरा गर्ने, सोचेको पुग्ने भएका कारण यहाँका देवी देवता र मष्टोहरूमा भाकल गर्न आउनेहरूको घुँइचो लाग्छ । मेलाका क्रममा यहाँका मन्दिर तथा थानमा पूजा गर्ने, नयाँ ध्वजापतका लगाउने गरिन्छ ।

    हिमा गाउँपालिका-१ का कालासिल्लाका पुजारी वीरबहादुर शाहीले पूजाआजा अब कार्तिक पूर्णिमासम्म चल्ने बताए । जुम्ला मष्टो परम्परासहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology