Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • 314
    SHARES
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    झापा । झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ ।

    images

    यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक-४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना८ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं. १-०४-००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा  थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो ।

    उनको उपचारकै क्रममा आज निधन भएको हो । ट्रक चालक अर्जुनधारा-५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology