Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

१५ लाख बराबरको सामानसहित दुईजना पक्राउ

१५ लाख बराबरको सामानसहित दुईजना पक्राउ

  • 320
    SHARES
  • १५ लाख बराबरको सामानसहित दुईजना पक्राउ

    काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुरमा राजस्व छली गरि ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-२ बस्ने २७ वर्षीय अनुप दाहालसहित दुईजना रहेका छन् ।

    उनीहरूलाई करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु राजस्व छली गरि ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए ।

    बिल नभएको अवैध रूपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी सुमो चालक दाहालसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology