Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

  • 315
    SHARES
  • सवारी दुर्घटनामा दुईजनाको मृत्यु

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।

    images

    चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले आज बाग्मती प्रदेश-०१-०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

    मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology