Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

हँसियाहथौडा चिन्ह प्रयोगका लागि प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

हँसियाहथौडा चिन्ह प्रयोगका लागि प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

  • 328
    SHARES
  • हँसियाहथौडा चिन्ह प्रयोगका लागि प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसियाहथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् ।

    images

    डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसियाहथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो ।

    यसपछि आजै दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरूलाई एउटै चुनाव चिह्न हँसियाहथौडा प्रयोग गर्न दिन उनीहरूले माग गरेका छन् ।

    माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology