Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : ओली

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : ओली

  • 289
    SHARES
  • युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् ।

    images

    मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरेका हुन् ।

    उनले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताए । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे ।

    उनले, ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन । पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

    कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरेका छन् । उनले राजनीतिलाई शुद्ध बनाउनुपर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गरे ।

    यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उनले आरोप लगाए । आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उनले लगाए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology