वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्न बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
बञ्चरेडाँडाका स्थानीयले फाेहाेर फाल्न नदिने भन्दै ढुंगामुढा गरेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी परिसरका अनुसार स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि हवाई फायर गर्नुपरेको हो ।
स्थानीयले फोहोर बाेक्ने गाडीमा क्षति पुर्याउन थालेपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij