वेबटिभी खबर
काठमाडौं । एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताएका छन् ।
बिहीबार ट्वीटमार्फत डा.रावलले एमालेका आफ्नै सांसदलाई कारबाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् ।
‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’, डा.रावलले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij