Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप

  • 448
    SHARES
  • चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप

    काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरूको लापरबाहीले गर्भमै एक शिशुको मृत्यु भएको आरोप शिशुका आफन्तले लगाएका छन् ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ ।

    सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए ।

    अस्पताल भर्ना गरेपछि एक पटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि त्यसपछि बेवास्ता गरेका कारण शिशुकाे मृत्यु भएकाे उनकाे आरोप छ । पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा पनि हेर्नसमेत नआउँदा गर्भमा शिशुको मृत्यु भएको उनले बताए ।

    चिकित्सकले समयमा चेकजाँच नगर्दा उपचारको अभावले सोमबार राति साढे ८ बजे शिशु मृत जन्मिएको उनले बताए ।

    गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले गर्भवती महिलाको उपचार लापरबाही नभएको बताए ।

    उनले भने, ‘बच्चाको सालनालले घाँटीमा बेरिएर दिसा खाएर बच्चाको मृत्यु भएको  हो।’

    कतिपय केसमा सावधानी अपनाउँदा पनि यस्ता दुखद् घटना हुने गरेको बताउँदै डा.साहले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप निराधार रहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij