Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

महामारीका बेला पनि सरकारले जनताप्रतिको उत्तरदायित्व भुल्याेः डा.डिला संग्रौला

महामारीका बेला पनि सरकारले जनताप्रतिको उत्तरदायित्व भुल्याेः डा.डिला संग्रौला

  • 708
    SHARES
  • महामारीका बेला पनि सरकारले जनताप्रतिको उत्तरदायित्व भुल्याेः डा.डिला संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले कोरोना महामारीका बेला पनि सरकारले जनताप्रतिको उत्तरदायित्व भुलेको बताएकी छिन् । ‘सरकार जनताप्रति उत्तरदायी बन्न सकेन । अब नेपाली जनता स्वयं सचेत र सजग रहन आवस्यक छ’ डा.संग्रौलाले भनिन् । 

    कोरोना संक्रमित बेड, अक्सिजन र आवश्यक स्वास्थ्य परामर्श नपाएर छटपटाइ रहेको अवस्थामा सरकार भने कुर्सी बचाउन जुनसुकै हर्कत गर्न पछाडि नपरेको उनले आरोप छ ।  

    ‘आज मुलुकमा कोरोनाको दोस्रो संक्रमण तीव्र बनेसँगै बिमारीले बेड, अक्सिजन र आवश्यक स्वास्थ्य परामर्श समेत नपाइरहेको अवस्था एवम् बिरामीले उपचार नपाई तड्पीतड्पी मर्नु परेको दर्दनाक स्थितिमा रहँदा पनि नेपाली जनताको अभिभावक बनेको सरकार भने शक्ति, स्वार्थ र आफ्नो कुर्सी बचाउन जुनसुकै हर्कत गर्न पछि परेको छैन,’ डा.संग्रौलाले बिहीबार वेबटिभी खबरसँग भनिन्, ‘यस्तो महामारीको स्थितिमा पनि खोप खरिद गर्न ३५ करोड कमिसनको खेलमा चुर्लुम्ब डुबेको समाचार सम्प्रेषणले सरकारको असली अनुहार नेपाली जनतासमक्ष उदांगीएको छ ।’ 

    डा.संग्रौलाको भनाइमा जनताको सामूहिक प्रयासले मात्र सरकारलाई दबाब दिई बढ्दो महामारीलाई न्युनिकरण  र नियन्त्रण गर्न समर्थवान हुन सक्दछौं । यो बेला हामी सबै बाच्न र बचाउनतर्फ अग्रसर होऔं ।  स्वार्थ लिप्सामा रूमलिएको सरकारलाई करेक्सन गरौं ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij